टिकटकमा भाइरल भईरहेको चोकतिर केटा हो... चोकतिर ।

टिकटकमा भाइरल भईरहेको चोकतिर केटा हो... चोकतिर ।

सोमबार, कार्तिक ०८ गते ।

मकवानपुर । गड्यौलीका २० वर्षीय मानबहादुर तामाङले मोबाइलको सेल्फी भिडियोमा स्वतःस्फूर्त बोलेका कुरा अहिले टिकटकमा भाइरल भएको छ ।

उनले बनाएको भिडियोको सानो अंश ‘के हो, कहाँ हो ? म यहाँ चोकतिर यार, चोकतिर, चोकतिर केटा हो, चोकतिर म...’ लाई मान्छेले यति धेरै मन पराए, त्यसमा आफ्नो भिडियो बनाएर टिकटकमा पोस्ट गर्नेहरूको क्रम बढेको छ ।

टिकटक हुँदै फेसबुक र ट्वीटर प्रयोगकर्ताले पनि उनको बोलीको त्यो अंशलाई रमाइलो ढंगले प्रस्तुत गरिरहेका छन् । त्यसमा प्रशस्त मिम बनिरहेका छन् । केही सेकेन्डको त्यो भिडियो टिकटकमा मात्रै २७ लाख भन्दा बढीले हेरिसकेका छन् ।

मानबहादुर पूर्व-पश्चिम राजमार्गसँग जोडिएको गड्यौली क्षेत्रमा ज्यालादारी काम गर्छन् । भर्चुअल संसारबाट परै रहेका मानबहादुर स्थानीय शिक्षक गणेश लामासँग नजिकिन्थे । उनै गणेशले नै उनको भिडियो हालेका थिए ।